काठमाडौं उपत्यकामाकरिब डेढ महिनादेखि लागू भाएको निषेधाज्ञाका कारण साना पसल व्यवसायी संकटमा परेका छन् । निषेधाज्ञा लम्बिँदै गएपछि साना व्यवसायी भाडामा लिएका सटर र घर छाडेर पलायन हुन थालेका छन ।
बन्दको चपेटामा परेर ब्यबसाय चलाउन नपाए संगै सटर छोडेर भाग्नुको बिकल्प समेत नरहेको जानकारहरु बताउछन ।
लामो समयसम्म पसलर व्यवसाय सञ्चालन गर्न नसक्दा भाडा तिर्न समेत नसक्ने अवस्था आएपछि व्यवसायी पलायन भएका हुन् । पहिलेको लकडाउनमा पनि धेरैले काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको सटर र घरका सामान उठाएर बाटो लागेका थिए । उनीहरुमध्ये कतिपय अझै व्यवसायमा फर्केका छैनन् ।
असन, न्यूरोड, दरवारमार्ग, महाबौद्ध, ठमेल, कलंकी, चावहिलगायतका क्षेत्रहरुमा व्यवासायीहरु पलायन हुन थालेका हुन् । यी क्षेत्रमा घरधनीहरुले सटर खाली छ टू लेट भनेर विज्ञापन टाँसेको देखिन्छ ।
जानकारहरुका अनुसार अहिलेको बन्दमा धेरै नै सटर खाली हुन थालेका छन् । लत्ता कपडा, होटल र यातायात सबैभन्दा धेरै मारमा परेका कारण सटरमा भाडा तिर्न नसकेर सामान घरमा लगेर थुपार्ने र सटर खाली गर्ने गरेको पाईएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।