शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति


  • आइतबार, जेष्ठ ३० २०७८
13.3K
SHARES

फईल तस्बिर

गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि बढाएको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’

पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गरिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा