बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

पाँच पूर्वप्रधानमन्त्रीको अपील : बाह्य हस्तक्षेप हुन नपाओस्


  • शनिबार, जेष्ठ २९ २०७८
11.5K
SHARES

फाइल तस्बिर

पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका हुन् ।

संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन अपील गर्दै उनीहरुले भनेका छन्, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यानाकर्षित गर्न चाहन्छौं ।’

पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिरता र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला कामचलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीव्र विरोध गर्दै त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’

विशेषतः चुरे र महाभारत शृंखलामा हुने यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्रमा मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने भन्दै यो निर्णय कार्यान्वयन गर्न नहुने पूर्वप्रधानमन्त्रीहरुको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा