संक्रामक रोग ऐन २०२० र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम नगद जरिवाना गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
कोभिड–१९ संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रसाशन कार्यालय धनकुटाले जारी गरेको निषेधाज्ञाका क्रममा स्वास्थ्य मापदण्ड विपरीत हिड्ने र निषेधाज्ञा उल्लंघन गनेलाई गरिएको कारबाहीबाट ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
निषेधाज्ञा अवधिमा ९० जना पैदल यात्रु र ६० वटा सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरीका अनुसार सोही अवधिमा ४ हजार १२ जना पैदल यात्रु र २ हजार ६५ सवारी चालकलाई सम्झाइ बुझाई छाडिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।