शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भारतमा थप ८४ हजार संक्रमित, ४ हजार संक्रमितको मृत्यु


  • शनिबार, जेष्ठ २९ २०७८
11.4K
SHARES

फाईल तस्बिर

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ८४ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८४ हजार ६९५ जनामा संक्रमण भएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९३ लाख ५८ हजार ३३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १० लाख ८९ हजार २४८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन चार हजार संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६७ हजार ९७ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा