बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला


  • शनिबार, जेष्ठ २९ २०७८
19.8K
SHARES

फाइल तस्बिर

नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सरकारको ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् ।

सरकारलाई सचेत गराउन गरिएको खबरदारीमा आफूहरुमाथि दमन गरिएको उनको आरोप छ ।

चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसमेत १८ जनालाई ६ घण्टा थुनिएको उनले बताए ।
शुक्रबार बालुवाटारबाट समातिएका संग्रौलाले हिरासतमुक्त भएपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत सरकारी रवैया बढेको भन्दै यस्तो ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका हुन्।

उनले लेखेका छन्, ‘चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरुद्ध आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो । सकल मान्यवर, मुख खोलौं, विरोध बोलौं, यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनको आपराधिक कारोबार गर्न नदिऔँ।’

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा गैरकानुनी रूपमा सम्बन्धन दिन लागेको भन्दै ‘बृहत् नागरिक आन्दोलन’अन्तर्गत शुक्रबार विरोधमा उत्रिँदा संग्रौला, नारायण वाग्ले, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा