बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

दाङको लमहीमा आधा दर्जन सवारी साधन तोडफोड


  • शनिबार, जेष्ठ २९ २०७८
10.1K
SHARES

फाइल तस्बिर

अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पु¥याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको र प्रहरीकहाँ बिहान मात्र त्यसको सूचना आएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । घटनामा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको पौडेलले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा