एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।
नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले ।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ,’ थापाले भनेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।