बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ : एमाले


  • शनिबार, जेष्ठ २९ २०७८
9.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्ति अन्त्यन्त गम्भीर भएको जनाएको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्तै आपत्तिजन र निन्दनीय रहेको जनाएका छन् ।

वैद्यको उक्त अभिव्यक्तिलाई एमालले फैजदारी कानून आकर्षित गर्ने खालको भएको ठहर गरेको ज्ञवालीले जनाएका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा