बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीका लागि ‘नाथुराम गोड्से’ बन्छु भन्ने वैद्यले तत्काल माफ माग्नून : भट्टराई


  • शनिबार, जेष्ठ २९ २०७८
6.8K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल माफि माग्न आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए ।

शुक्रबार प्रदेशसभा उनले अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमाले वृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेता भट्टराईले उनलाई तत्काल दशवटा तर्क नगरी माफ माग्न आग्रह गरेका छन् ।

भट्टराईले फेसबुकमा भनेका छन्,’ वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा