अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीका मालिक जर्ज मासले भविष्यमा लियोनल मेसीलाई क्लबमा भित्र्याउने विश्वास व्यक्त गरेका छन् । यसै महिनाको अन्त्यमा बार्सिलोनासँग मेसीको सम्झौता सकिदैछ र क्लबले ३३ वर्षीय मेसीसँँग नयाँ सम्झौता गर्न खोजिरहेको छ ।
केही रिपोर्टमा उल्लेख भएअनुसार मेसीको थप दुई सिजन स्पेन र त्यसपछि इन्टर मियामीबाट खेल्ने गरी बार्सिलोनासँग मेसीको सम्झौता लम्बिन सक्छ ।मेसीलाई फ्लोरिडा ल्याउने विषयमा आफु र क्लबका सहमालिक डेभिड बेकह्यामले कुराकानी अघि बढाइरहेको मासले बताएका छन् । ‘मेसीले इन्टर मियामीको सर्टमा खेल्छन् भन्नेमा म आशावादी छु किनकी यसले हाम्रो पुस्ताका महान् खेलाडीको महानतालाई पूर्ण बनाउँछ भन्ने मलाई आशा छ । विश्वस्तरीय टिम बनाउने हाम्रो महत्वाकांक्षासँग पनि यो मिल्छ,’ मासले भनेका छन् ।
यसअघि गत वर्ष अन्तर्वार्ताका दौरान मेसीले करियरको कुनै बिन्दुमा पुगेपछि अमेरिकामा खेल्ने इच्छा रहेको बताएका थिए ।
बार्सिलोनाका अध्यक्ष लापोर्टाका अनुसार मेसीसँग सम्झौता थप्ने विषयमा कुराकानी चलिरहेको छ । यो संवाद राम्रोसँग अघि बढिरहेको छ, तर अहिलेसम्म कुनै सहमतिमा पुगिसकेको छैन । बार्सिलोना ३३ वर्षका मेसीलाई कति तलब दिन सकिन्छ भनेर निर्धारण गर्नका लागि अहिले बिस्तारित रुपमा आफ्नो आर्थिक प्रतिवेदन अडिट गर्दैछ ।
त्यस्तै २०२१-२२ को सिजनमा प्रतिस्पर्धा गर्नसक्ने उत्कृष्ट टोली बार्सिलोना निर्माण गर्ने सुनिश्चितता पनि मेसीले खोजिरहेका छन् । गत सिजन ला–लिगा र च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा राम्रो रहन सकेन ।मेसीले बार्सिलोना छाडेमा पेरिस सेन्ट जर्माइन र म्यानचेस्टर सिटी उनलाई भित्र्याउने दौडमा हुनेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।