नेपाल विद्यार्थी संघ रौतहटले चन्द्रनिगाहपुर मा सरकारविरुद्ध प्रदर्शन गरेको छ । चन्द्रनिगाहपुरमा विद्यार्थीहरुले सरकारका विरोधमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
केपी ओली राजीनामा दे, बहुल राज्य चाहदैन, राजेन्द्र महतो राजीनामा दे, संसद पुनर्स्थापना गर,कोभिड खोपको तत्काल व्यवस्था गर,राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, चुरे दोहनसम्बन्धी नीति खारेज गर’ जस्ता नारा लेखिएको प्ले कार्ड सहित उनीहरुले प्रदर्शन गरेका हुन ।
सरकारको असंवैधानिक कदमको विरोधमा आफुहरुले प्रदर्शन गरेको बताउँदै थप कडा आन्दोलन गर्ने कोणसभाका वक्ताहरुले चेतावनी दिएका थिए । प्रदर्शन आयोजित सभामा नेपाल विद्यार्थी संघ रौतहटका सभापति देवराज कार्की ,स्ववियु सभापति चन्दन श्रेष्ठ ,विद्यार्थी नेता सुमन गौतम युवा नेता श्याम हरी चौलागाई लगायतले बोलेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।