बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

झापा र सोलुखुम्बुमा करेन्ट लागेर ४ जनाको मृत्यु


  • शुक्रबार, जेष्ठ २८ २०७८
6.8K
SHARES

झापा र सोलुखुम्बुमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले बिद्युत लाईन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बिहीबार साँझ झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ८२ वर्षीय गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार साँझ नै कमल गाउँपालिका–७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

उता सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा