झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ ।
आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।
आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ।
त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको एक सदस्यले बताए।
बिएण्डसीको विषय अदालतमा विचाराधिन रहेको र चिकित्सा शिक्षा ऐनको दफा १३ को ६ अनुसार पनि सम्बन्धन दिन नमिल्ने बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।