शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोप, एकजना पक्राउ


  • शुक्रबार, जेष्ठ २८ २०७८
13.6K
SHARES

फाइल तस्विर

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन् । फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा