शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश


  • शुक्रबार, जेष्ठ २८ २०७८
8.6K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । उनीहरु एमाले नेपाल-खना पक्षका सांसद हुन् ।

एमालेको केन्द्रीय समितिको निर्णयमा नभई महाधिवेशन आयोजक समितिको निर्णयका आधारमा स्पष्टीकरण नमागिएको र महाधिवेशन आयोजक कमिटी कारबाहीका लागि आधिकारिक नभएको आदेशमा उल्लेख छ ।

बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप विपरीत विश्वासको मत दिएको भन्दै उनीहरुलाई एमालेले पदमुक्त गरेको थियो ।

उनीहरुले आफूहरुमाथिको कारबाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

 

 

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा