आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् ।
शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।
स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् । यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्यांकनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ ।
ललितपुर महानगरपालिकाले भर्ना अभियान अवधिमा आलोपालो गरेर अभिभावक बोलाइ पाठ्यपुस्तक उपलब्ध गराउन विद्यालयहरुलाई भनेको छ । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले शिक्षा मन्त्रालयको निर्देशन कार्यन्वयनमा जान लागेको बताए ।
काठमाडौं महानगरपालिकाले भने नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पुस्तक वितरण सम्बन्धमा बल्ल छलफल थालेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले प्रधानाध्यापकहरु सहितको छलफलको आधारमा निर्णय गरिने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।