प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् ।
यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।
प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् ।
उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।