काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाउन लागिएको हो ।
कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए ।
तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् । यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।