अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ ।
यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बाइडेनले त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामाथि खोप उपलब्ध गराउन दबाब बढ्दो छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।