मकवानपुर जिल्ला थाँहा नगरपालिका वडा नम्वर ७, देउखेलका स्थानियबासीलाई निःशुल्क रुपमा स्वास्थ्य सामाग्री विरतण गरिएको छ ।
स्थानिय यूवाहरुले शनिबार निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

कर्मका लागि काठमाडौँ एवं विभिन्न बाह्य मुलुकमा रहेका देउखेल युवाहरुको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरिएको उक्त अभियानका संयोजक सिताराम कार्की (सागर) ले केटिएम खबरलाई बताए । कार्की भन्छन्–यस विषम परिस्थितीमा एकले अर्कालाई सकेको सहयोग गर्नु पर्छ भनेर साथीभाईहरु मिलेर ८० हजार बराबारको स्वास्थ्य सामाग्री काठमाडौँबाट खदिर गरि आफ्नो गृह स्थानमा विरतण गरेका हौँ । यस कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुमा आभार व्यक्त गर्छु ।
स्थानिय वडासंगको समन्वयनमा शनिबार नै वितरण कार्य सम्पन्न गरिएको थियो ।

स्वास्थ्य सामाग्री विरतण कार्यक्रमलाई सम्वोधन गर्दै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै यस खालको कार्यको निरन्तरताको अपेक्षा राखेको बताए ।
यस्तै देउखेल स्थित सरस्वती माध्यमिक विद्यालयका प्राचार्य राजेन्द्र थापाले आफुले पढाएका विद्यार्थीहरुले सामाजिक काम गरेको देख्दा खुशी भएको बताए छन् । यसको कार्यको निरन्तरता रहोस् भन्दै सिताराम कार्की तथा टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।
शनिबार काठमाडौँमा स्वास्थ्य सामाग्री खरिद गरि सोही दिन नै देउखेलमा वितरण गरिएको सोही अभियानका सहयोगी भुवन धमलाले बताए ।
हेर्नुहोस् भिडियोमाः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।