बुधबार, असार ९ २०७८
ताजा अपडेट

पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै रणवीर–कटरीना


  • KTM Khabar
  • बुधबार, जेष्ठ २६ २०७८
1.7K
SHARES

फाइल तस्विर

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कटरीना कैफले हालसम्म कुनै पनि फिल्ममा सँगै रोमान्स गरेका छैनन् । रणवीरले फिल्म ‘रामलीला’बाट सफलताको सिढी चढेसँगै उनी नयाँ पुस्ताको सफल अभिनेता बने ।

उता कटरीना बलिउडकै सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । जो हरेक फिल्ममा दर्शकका लागि केही नयाँ कुरा दिन्छिन् । यो जोडीलाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ ।

निर्देशक जोया अख्तरले रणवीर र कटरीनालाई चाँडै एक फिल्मका लागि लिँदैछिन् । जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको हो ।

जोयाले कटरीनालाई आफ्नो फिल्मको स्क्रिप्ट सुनाउदा कटरीनाले काम गर्ने सहमति जनाएकी छन् । फिल्म निकट स्रोतले जोयाको फिल्ममा कटरीनाको भूमिका निकै सशक्त रहेको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा