फेसबुक र इन्स्टाग्रामले आफ्ना सिर्जनाकर्ता (क्रिएटर) लाई बढी पैसा कमाउन मद्दत गर्न नयाँ फिचरहरूमा काम गरिरहेको छ। क्रिएटर विक कार्यक्रममा फेसबुकका सिइओ मार्क जुकरबर्गले प्लेटफर्ममा नयाँ फिचर प्रस्तुत गरेका थिए, जसबाट यसका सिर्जनाकर्ताले केही काम गरेपछि थप नगद पैसा कमाउन सक्ने इन्ग्याजेटले बताएको छ।
यस नयाँ फिचरभित्र फेसबुकका सिर्जनाकर्ताहरुले ‘स्टार च्यालेन्ज’ मार्फत् प्लेटफर्ममा धेरै लाइभ स्ट्रिम गरेर बोनस कमाउन सक्छन्। यता इन्स्टाग्राममा भने सिर्जनाकर्ताले स्ट्रिमबाट ‘ब्याजेज’हरु बेचेर पैसा कमाउन सक्नेछन्।
गत मे महिनामा सार्वजनिक भएको ‘ब्याजेज’ सिर्जनाकर्ताहरुले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट लाइभ स्ट्रिम गर्दा फ्यानहरुले किन्न सक्ने एउटा आइकन हो। ‘ब्याजेज’ किन्दा फ्यानहरुले सिर्जनाकर्ताहरुको कामलाई समर्थन गरेको बुझिन्छ र यसरी उनीहरुले पनि सिर्जनाकर्ताहरुको लाइभ स्ट्रिमबाट सबैको ध्यानकर्षण गराउँछन्।
यी नयाँ फिचरबाट सिर्जनाकर्ताहरु आफ्ना फ्यानहरुका लागि थुप्रै कन्टेन्ट बनाउन प्रोत्साहन हुने र धेरै समय यी प्लेटफर्ममा बिताउने इन्ग्याजेटले जनाएको छ।
हामी सिर्जनाकर्ताहरुले आफ्ना फ्यान र समग्र समुदायमा ल्याएको मूल्यका लागि पुरस्कृत हुनेपर्ने कुरामा विश्वास गर्दछौँ,’ कार्यक्रममा फेसबुकका सिइओ मार्क जुकरबर्गले भने, ‘उहाँहरुले एपमा रहेको सपिङ पोस्टबाट पनि थप कमिसन कमाउन सक्नेछन्।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।