बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

ढुंगागिट्टी निकासीबारे कांग्रेस सचेतकले भने : मृगौला बेचेर लुतोको उपचार गर्ने ?


  • बुधबार, जेष्ठ २६ २०७८
9.4K
SHARES

फाइल तस्विर

संघीय सरकारले अघि सारेको ढुङ्गगिट्टी निकासी गर्ने नीति मृगौला बेचेर लुतोको उपचार गरे जस्तै भएको नेपाली कांग्रेस प्रदेश-१का प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।

प्रदेशसभाको बजेट अधिवेशनको तेस्रो बैठकमा विषेश समय लिएर बोल्दै उनले ढुङ्गागिट्टी निकासी गर्ने नीति मृगौला बेचेर लुतोको उपचार गरेजस्तै रहेको बताएका हुन् ।

प्रधानमन्त्रीलाई अलिक बढी थाहा हुनुपर्छ यो चाहीँ मृगौला बेचेर तुलोको उपचार गरेजस्तो हो,’ उनले भने,‘ लुतोको उपचार गर्न मृगौला बेच्दा के हुन्छ प्रधानमन्त्रीलाई सोध्नु पर्नेछ ।’

‘नेकपाका साथीहरुले प्रधानमन्त्रीलाई भेटिरहनुहुन्छ,’ उनले अघि भने ,‘भेट्दा एक पटक सोध्नुहोला, तपाईको मृगौला बेचेर लुतोकोउपचार गर्दा के हुन्छ प्रधानमन्त्रीज्यू भनेर ।’ सरकार गैरजिम्मेवार ढंगबाट अघि बढेको बताए । सरकार राष्ट्रबादी नभइ राष्ट्रघाति देखिएको उनले बताए ।

प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद् हिमाल कार्कीले सत्ता जोगाउनका लागि संघिय सरकारले चुरो दोहन गर्नका लागि ढुङ्गा गिटी बिदेश निर्यातको नीति लिएको बताए ।

सांसद् राधा थापाले चुरोको दोहन गर्दा पानीको मुहान सुक्ने भएकाले तराई क्षेत्र मरोभूमि हुने बताउँदै ढुङ्गा गिटी निकासीको निति तत्काल सच्याउन माग गरिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा