सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

विपक्षीहरुले चुरेको सहारा लिएर राजनीति गरे : उपप्रधानमन्त्री पौडेल


  • बुधबार, जेष्ठ २६ २०७८
10.5K
SHARES

फाईल तस्बिर

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षीहरुले चुरेको सहारा लिएर राजनीति गरेको आरोप लगाएका छन ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री पौडेलले भने राजनीति गर्ने धेरै विषय छन्, चुरेको सहारा नलिनुहोस्, चुरे संरक्षणको महत्व मलाई राम्रोसँग थाहा छ’ उनले भने ।

आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा चुरे उत्खननको विषय नरहेको भन्दै उनले एक पटक पढ्न आग्रह गरे । उनले चुरेको दोहन रोक्नका लागि वैकल्पिक उपायबाट वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठहर भएका ठाउँमा मात्र उत्खनन गर्ने योजना रहेको पनि सुनाए । उपप्रधानमन्त्री पौडेलले विज्ञहरुलाई आफ्नो कुरा पत्याउन पनि आग्रह गरे ।

‘चुरेबाट एक डोको बालुवा पनि निकाल्न सरकारले दिंदैन’ उनले भने । चुरे तराइको जनजीवनसँग गाँसिएको भन्दै उपप्रधानमन्त्री पौडेलले यसको क्षतिबाट हुने पीडा आफूले समेत महसूस गरेको दाबी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा