शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बालुवाटार मानवताविरोधी अपराधको केन्द्र : इन्द्रबहादुर आङ्बो


  • बुधबार, जेष्ठ २६ २०७८
30K
SHARES

फाइल तस्विर

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मानवताविरोधी अपराधको केन्द्र बालुवाटार बनेको आरोप लगाएका छन।

सोमबारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै आङ्बोले प्रतिनिधि सभा विघटन, नेकपाको एकता भंग, असंवैधानिक अध्यादेश र नियुक्तिको चाङ खडा गर्ने, भ्रष्टारचारीको संरक्षण गर्ने प्रधानमन्त्रीको कदमको बचाउ गर्नु गलत रहेको आङ्बोले बताए। कोरोना महामारीको बेला मानवताविरोधी अपराध बालुटारबाट भइहरेको र जनता मरिरहँदा छिमेकी खुसी पार्ने प्रयास मात्र रहेको उनको भनाइ छ।

आङ्बोले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण अहिले मुलुकका संकट आएको छर्लङ्ग रहे पनि मुख्यमन्त्रीले अरूलाई दोषारोपण गरेको बताए।

प्रदेशको नामांकनको हुन नसक्नुको कारण तत्कालीन नेकपाको संसदीय दलले प्रधानमन्त्री केपी ओलीको निर्देशन नमान्नु रहेको आङ्बोले बताए। प्रदेश सभामा प्रधानमन्त्रीले हस्तक्षेप नगरको भए राजधानीसँगै नाम तोकिने स्मरण गर्दै त्यसलाई मुख्यमन्त्रीले प्रदेशसभाको क्षेत्राधिकारको विषय हो भन्नु सत्य नभएको उनको भनाइ थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा