बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी


  • बुधबार, जेष्ठ २६ २०७८
8.7K
SHARES

फाईल तस्बिर

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ ।

बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय संक्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा संक्रमण फैलिएको छ । संक्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा संक्रमण भएको थियो । जसमध्ये ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा