शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हाल १ हजार ६९३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


  • मंगलबार, जेष्ठ २५ २०७८
9.8K
SHARES

फाइल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३२१ कोरोना संक्रमितको आईसीयूमा र ३७२ को भेन्टिलेटरमा गरी कुल १ हजार ६९३ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २०२ जना आईसीयूमा र ३४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ७२ आईसीयूमा र २१ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७३८ जना आईसीयूमा र २५४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३४ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा