शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा २८ हजारभन्दा बढीमा ‘कालो ढुसी’को संक्रमण


  • मंगलबार, जेष्ठ २५ २०७८
9.8K
SHARES

फाइल तस्विर

कोभिड–१९ को दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको भारतमा ‘कालो ढुसी’ को संक्रमणमा उल्लेख्य वृद्धि भएको छ । म्युकर्माइकोसिस नामक यो रोगको मृत्युदर पनि उच्च छ । सोमबार भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा ढुसीको संक्रमण भएका २८ हजारभन्दा धेरै बिरामी देखिएका छन् ।

‘भारतका २८ राज्यमा अहिलेसम्म म्युकर्माइकोसिसका २८ हजार २५२  संक्रमित देखिएका छन् । यीमध्ये ८६ प्रतिशत अर्थात् २४ हजार ३७० संक्रमितहरु यसअघि कोभिड–१९ बाट पनि संक्रमित भइसकेको पाइएको छ भने ६२.३ प्रतिशत अर्थात् १७ हजार ६०१ संक्रमित मधुमेहको समस्याबाट पीडित देखिएको छ,’ उनले भने । संघीय मन्त्रीहरुको बैठकमा हर्ष वर्धनले यस्तो बताएका हुन् ।

‘सबैभन्दा धेरै ६ हजार ३२९ संक्रमित महाराष्ट्रमा देखिएका छन् । गुजरातमा ५ हजार ४८६ र त्यसपछि मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान, हरियाणा, कर्नाटक, दिल्ली र आन्ध्रप्रदेशमा देखिएका छन्,’ उनले थपे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा