बुधबार, असार ९ २०७८
ताजा अपडेट

नेप्सेले बनायाे नयाँ रेकर्ड, अन्य समूहमा उल्लास देखिँदा होटल र लघुवित्त भने घट्यो


  • KTM Khabar
  • मंगलबार, जेष्ठ २५ २०७८
1.4K
SHARES

फाइल तस्विर

साताको पहिलो दिन सेयर बजारमा नयाँ इतिहास कायम भयो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो । सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।

१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ ।

लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा