शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

लागुऔषधसहित तीन जना पक्राउ


  • मंगलबार, जेष्ठ २५ २०७८
14.6K
SHARES

फाईल तस्बिर

कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार उनीहरूको साथबाट छ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा