शनिबार, साउन ३० २०८३
ताजा अपडेट

किन दिएन सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कांग्रेसले भोट?


  • मंगलबार, जेष्ठ २५ २०७८
10K
SHARES

फाईल तस्बिर

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिई तटस्थ बसेको छ।

१२ जना सांसद रहेको कांग्रेसले आज प्रदेश सभामा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो।

आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको थियो तर मतदानमा भने कांग्रेस सांसद तटस्थ बसेका छन्।
यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसद समर्थनमा रहेका थिए।

नेकपा एमालेको केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ सांसदले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा