शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री ओली


  • मंगलबार, जेष्ठ २५ २०७८
10.3K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका छन् ।

कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा नेपाललाई पनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।’

यद्यपि सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा