शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अबको दुई-तीन दिनमै मनसुन नेपाल पस्ने


  • मंगलबार, जेष्ठ २५ २०७८
13.5K
SHARES

फाईल तस्बिर

यसपालिको मनसुन अनुमान गरेभन्दा केही दिन पहिला नै नेपाल आइपुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसदविद् निराजन सापकोटाका अनुसार जेठ २६-२७ गते मनसुन पूर्वी नेपाल प्रवेश गर्ने सम्भावना छ।

‘भारतको मौसम विभागले आइतबार नै पश्चिम बंगाल र उत्तरपूर्वी भारतमा मनसुन पुगेको जनाएको छ,’ सापकोटाले सेतोपाटीसँग भने,‘हामीले नेपालमा पनि कहिले पस्छ भनेर हेरिरहेका छौं। बुधबार-बिहीबारतिर आउँछ कि भन्ने हाम्रो अनुमान छ।’

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो आउन लागेको हो।
जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा