शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जर्मनीले पठायो सरकारलाई ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री


  • मंगलबार, जेष्ठ २५ २०७८
8.1K
SHARES

फाइल तस्विर

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो।

केही सामग्रीहरू अझै आउने क्रममा: रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा