आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट


  • मंगलबार, जेष्ठ २५ २०७८
12.4K
SHARES

संकेत तस्बिर

महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् ।

लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा