शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओली, सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बने : रामचन्द्र पौडेल


  • सोमबार, जेष्ठ २४ २०७८
11K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएर प्रधानमन्त्री ओली, सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बनेको आरोप लगाएका छन ।

बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएका थिए । त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् ।

‘बहुल राष्ट्र मुक्ति संग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,’ पौडेलले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा