निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।
झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् । गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ ।
प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।