बुधबार, असार ९ २०७८
ताजा अपडेट

शेयर बजारमा ऐतिहासिक उछाल, ५० अंकले बढ्दा १७ अर्ब बढीको कारोबार


  • KTM Khabar
  • आइतबार, जेष्ठ २३ २०७८
1.3K
SHARES

फाईल तस्बिर

शेयर बजार मापन गर्ने नेप्से परिसूचक हालसम्मै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च ५० अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढ्दै २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आजको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको छ ।

आइतबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो । लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो ।

यस्तै गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८३ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा