डेनमार्कले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप उपलब्ध गराउने भएको छ । डेनमार्कले कोभिडविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्न लागेको हो ।
डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाउँदै १४ लाख डोज खोप प्रदान गर्ने जानकारी गराएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । डेनमार्कले दिन लागेको खोप कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।