शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अग्नि खरेलको प्रश्न : इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण के ?


  • आइतबार, जेष्ठ २३ २०७८
8.5K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता अग्नि खरेलले न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् ।

महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका खरेलले यसअघिको इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण माग गरे ।

‘उहाँहरुले अस्ति गरेको कुरा न्यायिक रूपमा के हो ? कागज हो कि आदेश हो ? हरिकृष्ण श्रीमानले इजलासमा बस्दिन भनेर आदेश गर्दा चाहिँ मान्ने तर तेजबहादुर केसी र बमकुमारले इजलासमा बस्नु नपर्ने कारण छैन भनेर गरेको आदेश किन कार्यान्वयन नहुने ? प्रधानन्यायाधीशलाई यसमा कहाँनेर समस्या भयो ?’ खरेलले प्रश्न थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा