शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सरकार पक्षका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : मानहानीको मुद्दा लगाउँछु


  • आइतबार, जेष्ठ २३ २०७८
13.2K
SHARES

फाइल तस्विर

संसद विघटनको रिट सुनुवाइका लागि आइतबार वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमाथि प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले सरकारविरुद्धको मुद्दा हेर्न नमिल्ने जिकिर गरेका छन् ।

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उक्त निवेदन दर्ता भए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । उनले इजलासप्रति विश्वास गर्नुपर्ने भन्दै निवेदन फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले भने ‘तपाईंहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलासप्रतिको विश्वास तपाईहरुको कर्तव्य हो । अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेर्दन फिर्ता लानुस् अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु’ उनले भने ।

प्रधानन्यायाधीश जबराले प्रश्न गरे ‘दर्ता गर्ने कि परिणामा भोग्ने ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा