अज्ञात समूहले सिरहाका एक मेडिकल व्यसायीमाथि गोली प्रहार गरेको छ ।
गोली लागि मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड गोली प्रहार गरेर अज्ञात समूह फरार भएको छ ।
एसपी पाण्डेका अनुसार साफीलाई एउटा गोली हातमा र अर्को तिघ्रामा लागेको छ । शुरूमा उनको मिर्चैयाको स्थानीय अस्पताल उपचारपछि बिराटनगर रेफर गरिएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।