गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विपक्षी दलहरुले भने आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिनुपर्नेमा जोड दिएका छन् ।
ठूलो दलको हैसियतमा वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । जेठ २७ गते एक महिना पूरा हुने भएकाले सोही दिन गुरुङले विश्वासको मत लिने छन् ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ २७ गते विश्वासको मत लिने भनी सरकारका प्रवक्ता बस्नेतले दलहरुसँग प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरुले तत्कालै विश्वासको मत लिनुपर्ने अडान राखेका कारण समितिको बैठक निष्कर्षविहीन बनेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाका दुई सांसदले विपक्षी गठबन्धनमा सहयोग नगरेपछि गुरुङ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । सोही घटनापछि पार्टी निर्णय नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेतासमेत रहेका कृष्ण थापाको सांसद पद खारेज गर्दै रिक्त राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।