शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध छु, अन्यथा भ्रम नपरोस् : उपप्रधानमन्त्री महतो


  • आइतबार, जेष्ठ २३ २०७८
9.9K
SHARES

फाइल तस्विर

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् ।

मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै शुक्रबार र शनिबार पनि एक कार्यक्रममा बहुल राज्यको कुरा उठाएका महतोले आफ्नो भनाइलाई बंग्याइएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् ।

महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’

महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा