रौतहटको दुर्गा भगवती गाउँपालिका–५ मा प्रेमपत्र पठाएकै आरोपमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।
प्रेम पत्र पठाएको भन्दै स्थानीय विकास पासवानलाई डोरीले बाँधेर निर्घात रुपमा कुटपिट भएको प्रहरीले जनाएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पनि एक पुरुषले उनलाई डोरीले बाँधी लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेको देखिन्छ ।
प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५० वर्षका राजदेव गिरी र अरु २ जना रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।