बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

नेपाल–खनाल पक्षको निष्कर्ष : वार्ताका लागि ओली इमानदार देखिएनन्


  • बिहिबार, जेष्ठ २० २०७८
11.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय पर्खिनुको पनि अर्थ नहुने भनाइ वार्ता टोलीका सदस्यहरूको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल–खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए ।

बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए ।

पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको बताए । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान छोड्नु नहुने बताए ।

पाण्डेका अनुसार अध्यक्ष ओली वार्ताका लागि इमानदार देखिएका छैनन् र पार्टी एकतापूर्वको अवस्थामा फर्किन पनि तयार छैनन् । बैठकमा सहभागी एक नेताका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूको भनाइ पनि पाण्डेकै जस्तो थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा