शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

न्यायाधीशमा गुटबन्दी देखिनु गम्भीर : शंकर पोखरेल


  • बिहिबार, जेष्ठ २० २०७८
16.9K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशमाथि गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो।

सर्वोच्च अदालतमा संसद विघटन विरुद्धको मुद्दामा कानुन व्यवसायीले केही न्यायाधीशलाई इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलासमा नै विवाद भएको छ। विवाद भएपछि आगामी २३ गते वरिष्ठताको आधारमा नयाँ इजलास गठन गरेपछि सुनुवाइ सुरु हुने भएको छ।

विवाद निरुपणका लागि सर्वोच्च अदालतका न्यायाधीशहरुको छलफलमा केही न्यायाधीशले इजलासमा बस्न हुने र नहुने भनेर दुई थरी राय दिएका थिए। त्यसपछि प्रधानन्यायाधीश राणाले बारका वकिलसँगको छलफल पछि वरिष्ठताको आधारमा न्यायाधीश छनोट गरेर इजलास गठन गर्न सहमत भएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा