शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वडा–वडामा पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर


  • बिहिबार, जेष्ठ २० २०७८
12.4K
SHARES

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभित्र रहेका १६ वटाहरुमा कोरोना परीक्षण सुरु गरेको छ। संक्रमण टोल–टोलमा पुगेपछि वडा–वडामा परीक्षण थालिएको नगरपालिकाले जनाएको छ।

यस समय अघिबाट वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै आएको थियो। तर, कोरोना संक्रमितहरु धेरै होमआइसुलेसनमा रहेको र टोल–टोलमा संक्रमण फैलिन नदिन नगरपालिका वडा–वडामा पुगेको हो।

जसअन्तर्गत बुधबार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वाब संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ।

त्यस्तै, २० गते बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं. ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी, २२ गते शनिबार वीरेन्द्रनगर–२ को स्वास्थ्य चौकी उत्तरगंगा र २३ गते आइतबार वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिनेछ। यसअघि मंगलबार वडा नं. ३ को हरिडिलभूमि स्कुल र वडा नं. ७ को वडा कार्यालयमा स्वाव संकलन गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा