बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन समितिले उल्टै अस्पताल प्रशासनको कमजोरी भएकोतर्फ इंगित गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।
छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा अस्पतालको सेवामा केही कमी भएको संकेत गरिएको छ ।
समिति गठन भएको ५ दिनपछि १७ गते साँझ बुझाएको प्रतिबेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्युपश्चात तत्कालै आएको आवेगको कारण हुन गएको निष्कर्ष निकालिएको जानकारी दिए ।
घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।
अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु¥याउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन पनि प्रतिवेदनमा भनिएको बताए । प्रतिवेदन आउनुअघि नै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।